
पोखरा, ५ साउन । पोखराको अन्नपूर्ण केवलकारको नियमित मर्मत तथा सम्भारपछि पूर्वनिर्धारित समय भन्दा एक दिन अगावै शुक्रबारदेखि संचालनमा आउने भएको छ ।
केबुलकारले आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुको लागि साउन ६ गतेदेखि भदौ ३१ गतेसम्म २० प्रतिशत छुट दिने भएको छ ।
पोखरा उपत्यकाको पश्चिमउत्तरी भागको लेकसाईड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटमा साउन महिनामा कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरबारसम्मको पैदल यात्रा गर्न सकिनेछ ।
साथै अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका श्रृखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै सुविधा सम्पन्न रेष्टुरेन्ट सेवा, कफि सप, रेष्टुरेन्टबाट चारैतर्फको आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लिङको समेत साहसिक अनुभव लिन सकिनेछ ।
साथै केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडालगायतका दृश्यहरु पनि हेर्न सकिनेछ ।
पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ । यात्रुहरुको सुविधाको लागि लेकसाईड देखि केवलकारको तल्लो स्टेशनमा सटल बसको व्यवस्था गरेको छ । केवलकार बिहान ९ः०० बजेदेखि सांझ ६ः०० बजेसम्म नियमित रुपमा संचालन हुनेछ ।















प्रतिक्रिया