२ कार्तिक २०८३, सोमबार

युरोपमा गर्मीले जनजीवन कष्टकर, तातो हावा चल्दा सात दिनमै १७ सय बढीको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । युरोपमा चलेको तातो हावाले गर्दा स्पेन र पोर्चुगलमा एक सातामै १ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ ।

केही दिन यता युरोपको तापक्रममा उच्च वृद्धि भएको छ ।

सुख्खा मौसमसँगै फ्रान्स, स्पेन र पोर्चुगलमा वन डढेलो लागेको छ । जसका कारण हजारौँ विस्थापित भएका छन् ।

तातो हावाका कारण मृत्यु हुनेको यकिन विवरण समेत आउन केही दिन लाग्ने बताइएको छ ।

स्पेनको कार्लोस थर्ड इन्स्टिच्युटका अनुसार लुको कारण जुलाई १० देखि जुलाई १७ सम्ममा देशभरमा ६ सय ७८ जना मृत्यु भइसकेको छ ।

पोर्चुगलका स्वास्थ्यका महानिर्देशकले जुलाई ७ देखि जुलाई १८ सम्म देशभित्र १ हजार ६३ जनाको मृत्यु गर्मीको कारण भएको रोयटर्सलाई बताएका छन् ।

तातो हावाको वहाव उत्तरतर्फ फ्रान्स र बेलायतमा बढेको छ । ती देशहरुमा समेत उच्च तापक्रमले कीर्तिमान बनाएको छ । जसले हजारौं मानिसको जीवन जोखिममा पारेको छ । एजेन्सी