
काठमाडौँ, १ साउन । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन् ।
बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल विगत ५ वर्षदेखि एन.एम.बि. बैंकको उच्च तहमा रही काम गर्दै आएकोमा पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
उनी एनआईसि एसिया बैंक तथा नबिल बैंक सँग आबद्ध भएर पनि काम गरी सकेका छन् ।
बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउ ने बैंकले विश्वास लिएको छ ।















प्रतिक्रिया