
काठमाडौँ, ३२ असार । पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकार एक हप्ताका लागि बन्द रहने भएको छ ।
नियमित मर्मत सम्भारको लागि असार ३१ गते देखि साउन ६ (जुलाई १५ देखि २२) गते सम्म बन्द रहने व्यहोरा कम्पनीले जानकारी दिएको छ ।
साथै केवलकारको सेवा साउन ७ गते शनिबार (जुलाई २३) बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म यथावत रुपमा सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।















प्रतिक्रिया