१ कार्तिक २०८३, आइतबार

चौँरीदेउरालीका कृषकलाई ट्र्याक्टर र थ्रेसर वितरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, २५ असार । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौँरीदेउराली गाउँपालिकाका किसानलाई गाउँपालिकाले हाते ट्र्याक्टर र थ्रेसर वितरण गरेको छ ।

कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले यहाँका कृषक समूह र कृषि फार्ममार्फत किसानलाई गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं र उपाध्यक्ष शेरबहादुर तामाङले संयुक्तरुपमा सो उपकरण वितरण गरेका हुन् ।

आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रमअन्तर्गत किसानलाई ४५ वटा हाते ट्र्याक्टर र दुई वटा थ्रेसर वितरण गरिएको गाउँपालिका अध्यक्ष चौलागाईंले बताए ।

उनले कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रीकिकरण गर्दै हरेक कृषि कार्यमा व्यावसायीकरण आवश्यक रहेकाले गाउँपालिकाले कृषि औजार वितरण गरेको बताए । उपाध्यक्ष तामाङले किसानलाई व्यावसायिक बनाउन सहयोग गरेको बताए ।–रासस