
काठमाडौँ, २५ असार । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा (एमाले) ले मतान्तर बढाउँदै लगेको छ ।
भर्खरैको अपड्टअनुसार एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँ ६०२ मतान्तरले अघि छन् । उनका नेपाली कांग्रेसका रंगबहादुर खातील ९९० मत ल्याउँदा बानियाँले १,५९२ मतसहित अगाडि छन् ।
त्यस्तै, उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवरले १५५७ मत पाउँदा कांग्रेसकी रीता शाहीले १०१० मत ल्याएकी छन् ।
यसअघि नै बढिगंगाको वडा नं. १ र १० को वडाध्यक्ष एमालेले जितिसकेको छ ।
यहाँ १० वडा छन् । अहिले वडा नं. २ र ८ को मतगणना जारी छ । अहिलेसम्म २७४० मतगणना भइसकेको छ ।















प्रतिक्रिया