
काठमाडौँ, २५ असार । देशका विभिन्न स्थानमा आजको मौसम सामान्यदेखि पूर्ण बदली तथा रहने सम्भावना रहेको छ ।
हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र एक– दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ र बाँकी भू–भागका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार देशका पहाडी भू–भागमा सामान्य देखी पूर्ण बदली रहनेछ र बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आइतबार देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।















प्रतिक्रिया