
काठमाडौँ, २४ असार । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहारबाट निधन भएकोमा सरकारले राष्ट्रिय शोक मनाउने भएको छ ।
गोली प्रहारबाट शुक्रवार निधन भएका जापानी पूर्वप्रधानमन्त्री आवेको निधनमा शनिवार राष्ट्रिय शोक मनाउने निर्णय शुक्रवारको मन्त्रिपरिषद बैठकले गरेको हो ।
सरकारले घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेको हो । नेपालका तर्फबाट उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र आवेको परिवारप्रति समवेदना समेत व्यक्त गरेको छ ।















प्रतिक्रिया