
काठमाडौँ, २४ असार । न्यायपरिषदले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ ।
योग्यता नै नपुगी नियुक्ति लिएको भन्दै परिषदले उनलाई बर्खास्त गर्न सिफारिस गरिएको परिषदले जनाएको छ ।
न्यायपरिषदले जिल्लादेखि उच्च अदालतको मुख्य न्यायाधीश नियुक्ती, सरुवा, बढुवा र बर्खास्तसम्मको सिफारिस गर्नसक्छ ।
परिषदको सिफारिस प्रधानन्यायाधीशले कार्यान्वयन गरेपछि लागू हुन्छ ।
पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी उनी उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा कार्यरत थिइन् ।
उनले निरन्तर १० वर्ष वकालत गरेको तथा न्याय क्षेत्रमा काम गरेका प्रमाण नभएपछि बर्खास्तका लागि सिफारिस गरिएको हो ।















प्रतिक्रिया