१ कार्तिक २०८३, आइतबार

सिन्धुलीमा १ लाख ८८ हजार रुपैयाँसहित सात जुवाडे पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार। सिन्धुलीमा एक लाख ८८ हजार रुपैयाँसहित सातजना जुवाडे पक्राउ परेका छन् । कमलामाई नगरपालिका–६ धुराबजारस्थित सुवर्ण होटल एन्ड लजमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक घ्याङ्लेख गाउँपालिका–४ का ५६ वर्षीय चतुर्मान लो सहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी नगद १ लाख ८८ हजार ५ सय रुपैयाँ र २२ बुक तास बरामद गरेको छ ।