
काठमाडौँ, २४ असार । बैंकिङ कसूरमा २० लाख रुपैयाँ जरिवाना र ७ दिन कैद तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूरमा फरार रहेका ६० वर्षीय केदार गिरीलाई पक्राउ गरेको हो । गिरीविरुद्ध २०७६ कात्तिक १५ गते प्रभु वैंक लिमिटेडमा रहेको आफ्नो खाताबाट रकम दिने भन्दै बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको जानी-जानी झुक्याएको भन्दै जाहेरी परेको थियो ।
उच्च अदालत पाटनले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम २०७७ माघ ६ गते बैंकिङ कसूर मुद्दामा गिरीलाइै नगदसहित कैद सजाय फैसला गरेको थियो ।
ब्यूरोको टोलीले फरार रहेका गिरीलाई वुधबार सानेपा, ललितपुरबाट पक्राउ गरेको हो ।















प्रतिक्रिया