
काठमाडौँ, २३ असार । स्टार्टअप वर्ल्ड कपको नेपाल चेम्पियनमा टाटु डिजिटलाईज गर्ने स्टार्टअप ईक्सभिला छनोट भएको छ ।
स्टार्टअप वर्ल्ड नेपाल रिजनल कम्पिटिसनको फानलमा रहेका १५ कम्पनीलाई पछि पार्दै टाटुको डिजिटलाईजेसन गर्ने स्टार्टअप ईक्स भिला नेपालको च्याम्पियन बनेको हो ।
स्र्टाटअप वर्ल्डको रिजनल पार्टनर स्टार्टअप हब नेपालले बुधबार नेपालको फाईनल व्याटल आयोजना गरेको हो । स्टार्टअप वर्ल्डको उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका
सम्पुर्ण संयन्त्र नै नयाँ सोच र धारणाका साथ आएमा नेपालले स्टार्टअप मुभमेन्टमा फट्को मार्ने बताए ।
विश्वका ७० भन्दा बढि देशहरुमा हुने स्टार्टअपको विश्वकप नेपालमा गत वर्षदेखि मात्रै हुन थालेको हो । वर्ल्ड ट्रेड गु्रप नेपालको भगिनि संस्था स्टार्टअप हब नेपालले जनाएअनुसार अब गत बर्षको विजेटा ट्याक्सिमाण्डु र यस बर्षको विजेता ईक्सभिला सेप्टेम्बरमा सिलिकन भ्यालिमा हुने विश्व प्रतिपर्धामा सहभागी हुनेछन् ।
दुवै चेम्पियन स्टार्टअपलाई आयोजकले नै अमेरिकामा प्रतिश्पर्धामा लैजाने स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले बताए ।
देशभरबाट स्टार्टअप विश्वकपका लागी प्रतिपर्धामा सहभागी हजारौं स्र्टाटपहरुबाट उत्कृष्ट १५ स्टार्टअप आयोजकले छानेका थिए । वुधबार छानिएका १५ स्टार्टअपहरुबीच प्रतिस्पर्धा भएको हो । छानिएका उत्कृष्ट स्टार्टअपहरुमा गेम सम्बन्धि एपः डार्क म्याटर्स, शिक्षा प्रविधि सम्बन्धि स्टार्टअपः वेद, ईन्टर्याक्टिभ लर्निङ चिम्पभाईन, मेन्टल हेल्थ स्टार्टअप ह्यापी माईन्डस, लगाएतका रहेका थिए ।
वुधबारको नेपालको फिनालेमा उत्कृष्ट ५ स्टार्टपहरु पनि छानिएका छन् । उत्कृष्ट ५ स्टार्टअपहरुमा च्याम्पियन ईन्सभिल्लासँगै दोश्रोमा वेद, तेश्रोमा स्किल सेवा, चौथोमा ह्यापि माईन्डस र पाँचौँमा डिजिटल एज नेपाल पर्न सफल भएका छन् । उत्कृष्ट भएका ती ५ स्टार्टअपहरुलाई एमेजनको एडल्युएसले १ हजार डलर बराबरको क्लाउड पुरस्कार दिने घोषणा गरेको छ ।
त्यसैगरि उत्कृष्ट ३ स्टार्टअपलाई स्टार्टअपहब नेपालले प्रति कम्पनी १० लाख रुपैयाँको लगानी पुरस्कार दिने घोषणा गरेको छ ।
विश्वका विकसित र धनि देशहरुमा मात्र हुनेगरेको स्टार्टअप नेपालमा भित्रिएसँगै नेपालको कुनै कुनामा रहेको नयाँ सोचले समेत विश्वको ईन्नोभेसन हेडक्वाटर भनेर चिनिले सिलिकन भ्यालिमा गएर प्रतिस्पर्धा गर्ने बाटो देख्ने अवस्था सिर्जना भएको स्र्टाअप हब नेपालले जनाएको छ ।















प्रतिक्रिया