
काठमाडौँ, २३ असार । नेकपा (माओवादी केन्द्र)ले अझै पनि पदाधिकारी टुंगो लगाउन सकेन ।
बिहीबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै पदाधिकारी पनि टुंग्याउने जनाएका हुन् ।
आजै पदाधिकारी पनि टुंग्याइने भनिए पनि नसकेपछि प्रचण्डले दुई चार दिनभित्रै टुंगो लगाउने बताएका हुन् ।
बिहीबारको केन्द्रीय समिति बैठकले पार्टीको स्थायी कमिटी र पोलिटब्युरो भने गठन गरिसकेको छ । तर त्यसमा पनि नेताहरुले असन्तुष्ट व्यक्त गरेका छन् । विशेषगरी अध्यक्ष प्रचण्डले आफ्नै परिवारका सदस्यहरुलाई पोलिटब्यूरोमा राखेपछि विवाद उत्पन्न भएको हो ।















प्रतिक्रिया