१ कार्तिक २०८३, आइतबार

पर्सामा २ सय ७० केजी गाँजा बरामद

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, २३ असार । पर्सा प्रहरीले भारतीय नम्बर प्लेटको ट्रकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाको नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका-२१ परवानीपुर सडक खण्डमा यूपी २१ एन ९९५७ नम्बरको भारतीय ट्रकलाई जाँच गर्दा २ सय ७० केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिहीबार बिहान साढे ८ बजेको समयमा प्रहरीले उक्त नम्बरको ट्रक जाँच गर्दा चालक बस्ने क्याबिनमा फ्लस बटम बनाई २ सय ७० केजी गाँजा लुकाएर राखिएको अवस्थामा बरामद भएको हो ।