२ कार्तिक २०८३, सोमबार

अर्थमन्त्रीलाई बर्खास्तीको माग गर्दै नेपाल विवेकशीलको विरोध

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । नेपाल विवेकशील पार्टीले अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै प्रदर्शन जारी राखेको छ ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति छिराई निश्चित स्वार्थ समूहलाई फाइदा पुर्Þयाउने र बजेट सम्बन्धी गोपनीयता भंग गर्ने र त्यसको प्रमाणको रूपमा रहेको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मेटाउने षड्यन्त्रका प्रमुख योजनाकार अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्दै विवेकशीलले विरोध गरेको हो ।

पार्टीले मंगलवार अपराह्न माइतीघरमा प्रदर्शन गरेको हो ।

साथै, प्रदर्शनमा प्रचलित कानुनको बर्खिलाप हुने गरी काम गर्ने मन्त्री शर्मालाई कानुन बमोजिम कारवाही गर्न पनि माग गरिएको थियो ।

त्यस विरोध कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई पनि मन्त्री शर्मालाई फिर्ता बोलाउन माग गरिएको थियो ।

कार्यक्रममा सीसीटीभीका फोटाहरू प्रदर्शनी गरी अर्थमन्त्रालयमा मेटाइएको सीसीटीभीका दृश्यहरूको बारेमा ध्यानाकर्षण गरिएको थियो । कार्यक्रममा “प्रधानमन्त्री, अर्थमन्त्रीलाई बर्खास्त गर !”; “खाडीको पसिनाले धानेको अर्थतन्त्र, जनार्दन शर्माको लुटतन्त्र”; “अर्थमन्त्रीको मन्त्र, अर्थतन्त्रमा लुटतन्त्र”; “देउबा र प्रचण्ड, किन पार्छौ लुटतन्त्र”; “मन्त्री हो कि माफिया ?” जस्ता प्लेकार्डहरू प्रदर्शन गरिएका थिए ।