२ कार्तिक २०८३, सोमबार

रामेछाप बस दुर्घटनामा मृत्यु भएकाहरुको भयो सनाखत

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुने १३ जनाकै सनाखत भएको छ ।

मंगलबार बिहान करिब साढे १० बजे बा ३ ख ८३९६ को बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनास्थलमा मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका–५ का ६० वर्षीय ठुला तामाङ, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया सन्जु आलेमगर, ३६ वर्षीय खड्कबहादुर विक, सुनापति गाउँपालिका ४ की २६ वर्षीया समृता तामाङ, काभ्रे रोशीका २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिका ८ का १८ वर्षीय सुदिप गजमेर, मण्डनदेउपुर गाउँपालिका ९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिकाका कुलबहादुर विक रहेका छन् ।

त्यस्तै, उपचारको क्रममा मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका ५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, सोही वडामा २४ वर्षीय बुद्ध तामाङ र ६० वर्षीया नेमा तामाङ र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ९ की ३५ वर्षीया धनमाया तामाङ रहेका छन् ।

दुर्घटनामा घाइते भएका २३ जनाका उपचार भइरहेको छ ।