
काठमाडौँ, २२ असार । कृषिमन्त्रीको सपथ लिएको भोलिपल्टै मृगेन्द्रकुमार सिंह यादवविरुच सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अदालतमा रित निवेदन दर्ता भएसँगै उनको पद धरापमा परेको छ ।
अदालतमा दर्ता रितमा यादव २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएकाले मन्त्री बनाउन संविधानविपरित हुने दावी पेश गरिएको छ ।
अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिटमा संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि अयोग्य हुने विषय समेत उल्लेख गरिएको छ ।
सिंह सप्तरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । उनी पार्टीको आन्तरिक विवादको फाइदा उठाउँदै मन्त्री पदमा नियुक्त भएका थिए ।















प्रतिक्रिया