२ कार्तिक २०८३, सोमबार

युट्युब च्यानलमा अश्लिल शीर्षक राख्ने पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २१ असार । युट्युब च्यानलमा अश्लिल शीर्षक राखेर सामग्री पोष्ट गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ घर भई काठमाडौँ बस्ने २२ वर्षीय प्रवेश लामा छन् ।

२२ वर्षका प्रवेश लामाले ‘४ रियल टिभी’ नामक युट्युब च्यानलमा अश्लीलता फैलाउने भिडियो बनाएर पोष्ट गरेको ब्यूरोका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नबिन्द अर्यालले विज्ञप्तिमार्फत जनाएका छन् ।

जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले उनीमाथि विद्युतिय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरेका छ ।