
काठमाडौँ, २१ असार । सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच २०७९ आषाढ २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान वा डेबिट क्रेडिट कार्डमार्फत रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिपकुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।















प्रतिक्रिया