१ कार्तिक २०८३, आइतबार

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असार । रामेछापको लुभुघाटमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

घटनास्थलमै ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जनासहित १३ जनाको मृत्यु भइसकेको हो ।

उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका २४ जनामध्ये ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका क्रममा मृत्यु हुनेमा सुनापति गाउँपालिका–५ का ३४ वर्षीय खड्कबहादुर विक र अन्य दुई जना पुरुष र एक जना महिला छन् ।

घाइतेमध्ये २० जनाको धुलिखेल अस्पताल र एक जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

मंगलबार विहान १० बजेतिर बा ३ ख ८३९६ को बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

गम्भीर घाइते ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

घटनास्थलमै मृत्यु हुनेमा सुनापति गाउँपालिकाका समरिता तामाङ, ठूला तमाङ, खडक विक, कमला तामाङ, कान्छी माया भन्ने शुभलक्ष्मी, सन्जु आलेमगर तथा काभ्रेको रोशी गाउँपालिकाका सुदीप गजमेर रहेका छन् । अरु २ जनाको सनाखत हुन बाँकी छ ।