बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

चलचित्र ‘झिंगे दाउ’को ‘आगो बिना बिँडी जल्दैन’ गीत सार्वजनिक (भिडियो)

दैनिक नेपाल २०७९ असार २१ गते १५:५४

काठमाडौँ । चलचित्र ‘झिंगे दाउ’को शीष गीत ‘आगो बिना बिँडी जल्दैन’ सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानल मार्फत आज गीत सार्वजनिक गरिएको छ ।

गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ ।

भिमनिधि तिवारीको कथामा आधारित चलचित्र ‘झिंगे दाउ’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् ।

सार्वजनिक गरिएको शीर्ष गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन । ‘आगो बिना बिँडी जल्दैन’बोलको गीतमा प्रविन बेडवाल र शान्ति श्री परियारले स्वर दिएका छन् ।

कपनगडी सिनेमा र फिल्म क्र्यु नेपालको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे(कल्पित)को छायांकन, मित्र डि गुरुङको सम्पादन छ ।

चलचित्र ‘झिंगे दाउ’यही भदौ १७ गते रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।

भिडियो:

प्रतिक्रिया
सम्बन्धित