१ कार्तिक २०८३, आइतबार

टाटा सुमोको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असार । टाटा सुमोको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्लाको पूर्वीदक्षिणी भेग दुर्गा भगवती गाउँपालिका–२, भलोहियामा भएको दुर्घटनामा ६० वर्षीय स्थानीयवासी भरोसी महतोको मृत्यु भएको हो ।

आफ्नो घर अगाडि बसेर कुरा गरिरहेको अवस्थामा सोमबार राति ना ४ च १०३१ नम्बरको टाटा सुमोले भरोसी महतो, ४० वर्षीय संगीता पाण्डे र ६० वर्षीय रामजी दासलाई ठक्कर दिएको थियो ।

महतोको उपचारका क्रममा एलएस न्युरो अस्पताल, वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुनिल मल्लले बताए ।अन्य दुई घाइतेको शुकदेव चोकस्थित शिवदर्शन अस्पतालमा उपचार भइरहेको डिएसपी मल्लले बताए ।