१ कार्तिक २०८३, आइतबार

अमेरिकाको शिकागोमा गोली हानी ६ जनाको हत्यामा संलग्न पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको परेडमा गोली हानी ६ जनाको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् ।

अमेरिकी प्रहरीले २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई पक्राउ गरेको हो । हतियारधारी ती व्यक्तिलाई प्रहरीले ‘खतरनाक’ भनेको छ ।

उनले इलिनोइसको हाइल्याण्ड पार्क सहरमा बन्दुकधारीले छतबाट परेडमा सहभागी मानिसहरूलाई लक्षित गरी हमला गरेका थिए । घटनामा कम्तीमा २४ जना घाइते भएका छन् ।