१ कार्तिक २०८३, आइतबार

ओलीको प्रश्नः सीसीटीभी फुटेज हटाउने को हो ? कसको आदेशमा किन डिलिट भयो ?’

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज १३ दिनमा डिलेट कसरी भयो भनि प्रश्न गरेका छन् ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई कुनै निश्चित घरानालाई फाइदा हुने गरी करको दर हेरफेर गरिएकोमा एमालेले सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेको थियो । सरकारले भने मन्त्रालयको फुटेज १३ दिनपछि डिलेट हुने गैरजिम्मेवारपूर्ण जवाफ दिएको थियो ।

सोमबार संसद बैठकमा डेढ घण्टा लामो सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रश्न गर्दै सोधे, ‘फुटेज हटाउने को हो ? कसको आदेशमा ? किन ? कसले भनेको थियो १३ दिनमा डिलिट गर्न ?’

त्यस्तै, उनले बजेट निर्माणमा अनाधिकृत व्यक्तिहरुलाई करको दर हेरफेर गर्न लगाइएको तर्फ संकेत गर्दै इनफ इज इनफ भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् ।

अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा देशकै विरुद्ध भएको बताउँदै विचौलिया राखेर बजेट बनाउने पनि स्वीकार गर्ने हो भने नजिर बस्ने बताए । उनले भने, ‘त्यही स्थापित गरेर जाने हो भने यो देशको अर्थतन्त्र के होला ? त्यससम्बन्धमा तत्काल संसदीय छानबिन समिति गठन गरेर अगाडि जानुपर्‍यो।’