१ कार्तिक २०८३, आइतबार

हत्या गरेको अभियोगमा एकजना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, २० असार । कमलामाई नगरपालिका-६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा घ्याङलेख गाउँपालिका-३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबिच झै-झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।