१ कार्तिक २०८३, आइतबार

ठाउँको अभावमा आलोपालो सुत्छन् कैदीबन्दी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २० असार । बीस कैदीबन्दी अट्ने ठाउँ रहेको जाजरकोट कारागारमा ५४ कैदी–बन्दी राख्दा व्यवस्थापनमा समस्य उत्पन्न भएको छ ।

सुधार गृहको रुपमा रहेको कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा बसाइँ व्यवस्थापनको समस्यले चुनौती थपिएको हो । पन्घ पुरुष र पाँच महिलाको क्षमता रहेको कारागारमा अहिले ५४ कैदीबन्दी छन् ।

कारागारका नाइके कुशबहादुर महताराले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सै्य्या र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताउनुभएको छ । सङ्ख्या बढी हुँदा सुत्नका लागि समस्या हुँदै आएको छ ।

कारागार प्रमुख चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ कैदी र १९ थुनुवा गरी जम्मा ५४ कैदीबन्दी रहेको बताउनुभयो । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या भइरहेको उहाँको भनाइ थियो ।

जिल्लामा रहेको कारागार जीर्ण भएपछि कैदीबन्दीले वर्षाको समयमा राम्ररी सुत्न नपाउने कैदीबन्दी दीर्घबहादुर नेपालीले बताउनुभयो । साथीहरु मिलेर आलोपाले गरी सुत्नुपर्ने बाध्यता रहेको उहाँको गुनासो थियो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समाधानका लागि पहल गरिने बताउनुभयो । उहाँले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भइरहेको छ, यसको समाधानका लागि पहल जारी रहेको छ भन्नुभयो ।

सबैले काम गर्छु भन्छन् तर काम केही हुने होइन भन्दै कैदीबन्दीले गुनासो पोख्दै आएका छन् । जीर्ण भवन, त्यसमा व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नुपरेको उनीहरुको भनाइ थियो ।–रासस