१ कार्तिक २०८३, आइतबार

सिम कार्ड डुप्लिकेशन गरी ठगी गर्ने पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको अभियोगमा मकवानपुर हेडौंडा उपमहानगरपालिका–१७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाईलाई काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुक तथा व्याटसएपमा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भन्दै पीडित व्यक्तिहरुको सक्कल राहदानी, नागरिकता, सम्पत्ति विवरण कागज समेत लिई झुक्याई पीडितको नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखी मोवाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।