
चितवन, १८ असार । चितवनको इच्छाकामना गाउँपालिका ६ जलविरेमा ३ वटा ट्रक एकापसमा ठोक्किँदा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ ।
शनिबार बिहान १० बजेतिर ना ५ ख ९०५९, प्रदेश २–०३–००१ ख ६८२२ र ना ६ ख ६८५ नं.को ३ वटा मालबाहक ट्रक एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनामा एक जना चालक घाइते भएका प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।
दुर्घटनाग्रस्त ट्रकहरु हटाएपछि मात्रै सडक सुचारु भएको छ ।















प्रतिक्रिया