
काठमाडौँ, १८ असार । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवर्द्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग (एनआईसी एशिया मोबैंक) एप, वेबसाइट, आइसर्भ तथा इन्टरनेट बैंकिङ्ग नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनटीसी नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।
यस सुविधामार्फत यस बैंकका ग्राहक महानुुभावहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी एनआईसी एशिया मोबैंक एप, आइसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ्ग सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नुहुनेछ ।
साथै बैंकले यसअघि एनसेलको नेटवर्कमा पनि एनआईसी एशिया मोबैंक एप, आइसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिङ्ग जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ । अब एनटीसी र एनसेलको निःशुल्क डाटा सुविधाको प्रयोग गरी यस बैंकका ग्राहक महानुभावहरूले निम्नलिखित सेवाहरू उपभोग गर्न सक्नुहुनेछ ः
एनआईसी एशिया मोबैंक एपः अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी, ई कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेस ट्र्याकिंग आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्नुहुनेछ ।
साथै, एनआईसी एशिया मोबैंक एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (आईपीओ) मा आवेदन दिन सकिनेछ ।
एनआईसी एशिया मोबैंक एप प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा (कार्डलेस विथड्रल) को प्रयोग गर्न सक्नुहुनेछ र एपमा रहेको ‘कस्टमर केयर’ बाट ग्राहक महानुभावहरूले आफ्ना समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नुहुनेछ ।
आइसर्भः यस https://iserve.nicasiabank.com/home मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, ब्लक, अनब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाइ) ग्राहक महानुभावहरूले सरल तरिकाले लिन सक्नुहुनेछ ।
वेबसाइटः बैंकको वेबसाइट www.nicasiabank.com बाट ग्राहक महानुभावहरूले यस बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नुहुनेछ ।
जसमा अनलाइन खाता आवेदन, अनलाइन आइपीओ आवेदन, लोन बेनिफिट क्यालकुलेटर, इएमआई क्यालकुलेटर लगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ ।
इन्टरनेट बैंकिंग: यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ ।
बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न सफल यस बैंकले ग्राहक महानुभावहरूको सुविधा एवं डिजिटल बैंकिङ्गमा ग्राहक महानुभावहरूलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क एनआईसी एशिया मोबैंक आइसर्भ, वेबसाइट तथा इन्टरनेट बैंकिंग प्रयोग सुविधा एनटीसी र एनसेलका ग्राहकहरूलाई उपलब्ध हुनेछ ।
साथै, यी उल्लेखित बाहेकका अन्य सेवाहरु लिदा वा डिभाइसको ब्याकग्राउण्डमा चल्न सक्ने अन्य एपहरुको हकमा दुरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ ।















प्रतिक्रिया