१ कार्तिक २०८३, आइतबार

गठबन्धनलाई ईश्वर पोखरेलको चुनौतीः एसपीपीबारे सरकारका निर्णयहरू मितिसहित ल्याइयोस्

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असार । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एसपीपीका विषयमा नेपाल सरकारले गरेका सबै निर्णयहरु मितिसहित ल्याउन सरकारलाई चुनौती दिएका छन् ।

सामाजिक सञ्जालमार्फत पोखरेलले गठबन्धन सरकारलाई यस्तो चुनौती दिएका हुन् ।

गठबन्धनका नेता नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको पालामा एसपीपीका विषय अघि बढेको आरोप लगाएको संकेत गर्दै पोखरेलले २०१५ देखि २०१९ सम्ममा सरकारका तर्फबाट भएका पत्राचार तथा सबै निर्णयहरु समय तालिकासहित ल्याउन चुनौती दिएका हुन् ।

पूर्वउप्रधान एवम् रक्षामन्त्री समेत रहेका पोखरेलले प्रचण्डलाई कटाक्ष गर्दै एमसीसीका विषयमा पनि दुई थरीका कुरा गर्ने र अहिले पनि एसपीपीका विषयमा आफ्नो दोष अरुलाई थोपर्न खोजेको बताउँदै सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका हुन् ।

यस्तो छ उनको धारणाः

गठबन्धनका नेताहरू फेरि पनि चुनौती

अमेरिकी परियोजना – एमसीसीका विषयमा दोगला कुरा गरिगरी दुनियाँलाई छक्याउन शरम नमान्ने, एसपीपीका बारेमा काँक्रो आफूले खाएर बिया अर्काको गालामा टाँस्न अप्ठ्यारो नमान्ने गठबन्धनका एकजना ठूलै नेता प्रतिनिधि सभामा ‘केपी ओली प्रधानमन्त्री भएको बेला एसपीपीमा सम्झौता गरेको भन्नेहरू प्रमाण सहित आऊ !’ भनी चुनौती दिएको कुरा तीन घण्टा पनि टिकेन भन्दैछन् रे ! हिम्मत छ भने २०७२ भदौ (सेप्टेवर २०१५) देखि प्रारम्भ भएर जुन २०१९ सम्म – एसपीपी सम्बन्धमा नेपाल सरकारका तर्फबाट विभिन्न ठाउँमा भएका पत्राचार, गरिएका निर्णयहरूको समय तालिकासहित आउन फेरि पनि चुनौती छ ! संसदको सम्वन्धित समितिले माग गरेअनुसार औपचारिक निर्णय र पत्राचारका प्रतिलिपिहरू पठाउन किन आलटाल गरिदैछ ?