
रुपन्देही, १७ असार । बर्दियाको नेपाल भारत सीमा क्षेत्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।
सीमा क्षेत्रमा रहेको जंगलमा अज्ञात भारतीयले चलाएको गोली प्रहारबाट एक जनाको नेपाली नागरिकको मृत्यु भएको बताइएको छ ।
गोली लागेर गुलरिया नगरपालिका–३ का ५४ वर्षीय हेमराज गोडियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीका अनुसार सीमावर्ती जङ्गलमा निउरोको साग टिप्न गएका गोडियामाथि भारतीय अज्ञात समूहले गोली प्रहार गरेको हो ।















प्रतिक्रिया