५ कार्तिक २०८३, बिहिबार

राप्रपाको केन्द्रीय समिति बैठक साउन ५ र ६ गते बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी साउन ५ र ६ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

यसअघि असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै राप्रपाले स्थगित गरेको थियो ।

बैठकमा स्थानीय तह चुनावको समीक्षा, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारीलगायत विषयमा छलफल हुने कार्यसूची रहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएको छ । उनका अनुसार बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ ।