५ कार्तिक २०८३, बिहिबार

विदेशी शैक्षिक संस्थाको मनपरीविरुद्ध अखिल क्रान्तिकारीले आन्दोलन गर्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । अनेरास्ववियु (क्रान्तिकारी) ले नेपालमा खुलेका विदेशी शैक्षिक संस्थाको मनपरीविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

हालै काठमाडौंमा सम्पन्न संगठनको विशेष राष्ट्रिय भेलाले नेपाली शैक्षिक संस्थालाई धरासायी बनाउने गरी विदेश शैक्षिक संस्था अघि बढेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो । विदेशी शैक्षिक संस्थासँगै मेडिकल शिक्षामा भइरहेको माफियाको दादागिरी अन्त्य गरी सरकारको लगानीमा मेडिकल कलेजहरूको विस्तारका लागि संघर्ष गर्ने संगठनको भनाइ छ ।

भेलाबाट नवनिर्वाचित अध्यक्ष मिलन राईले विदेशी शैक्षिक संस्थाहरूले सम्बन्धनको हवाला दिँदै कमिसन खुवाएर वर्षमा दुई पटक भर्ना लिने गरेको तर शिक्षा गुणस्तर, भौतिक संरचनाको अनुगमन नहुने गरेको बताए । उनले विदेशी शैक्षिक संस्थाहरूले नेपाली विद्यार्थीहरूलाई लुटिरहेको समेत आरोप लगाएका छन् ।

‘विशेष राष्ट्रिय भेलाबाट संघर्षका निसाना पहिचान गरेका छौँ, आवश्यकतामा हामी सार्वजनिक गर्दै जानेछौं । सरकारीमा जागिर खाएर निजी शैक्षिक संस्था विज्ञापन गर्ने शिक्षक हाम्रो निसानामा पर्नेवाला छन् । सम्बन्धको हवाला दिएर विदेशी शैक्षिक संस्थाहरूले कमिसन खुवाएर बर्षमै दुई–तीन पटकसम्म भर्ना लिएका छन्, विद्यार्थीलाई लुटिरहेका छन्, हाम्रो निसाना त्यस्ता शैक्षिक संस्थाहरूमाथि हुनेछन्,’ अध्यक्ष राईले भने ।

उनले त्रिविले पनि कमिसन खाएर जग्गा भाडा दिएको तर कहिलै नतिरेको बताउँद ैत्यसविरुद्ध पनि आफूहरूले संघर्षको एजेण्डा बनाउने बताए ।