१ कार्तिक २०८३, आइतबार

“सेञ्चुरी डिबेन्चर २०८८” को सूचीकरण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १६ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबीच १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिएको २२ लाख थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असार १५ गते वुधबारको निर्णयानुसार ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको बैंकले जनाएको छ ।