
काठमाडौँ, १६ असार । निर्वाचन आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्ने भए साउनभित्र मेसिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।
आयोगले विद्युतीय मतदान यन्त्र प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पेश गर्दै मेसिनको माग गरेको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘‘प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।















प्रतिक्रिया