शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विद्यालयमा खानेपानी व्यवस्थापन

दैनिक नेपाल २०७९ असार १६ गते १७:००


काठमाडौँ, १६ असार । महालक्ष्मी विकास बैंक लिमिटेडको भक्तपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चाँगुनारायण नगरपालिका वडा नं ६, नगरकोट, वेशीटोलस्थित रहेको चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।

विद्यालयमा आयोजित एक विशेष समारोहका बीच झक्तपुर शाखाका शाखा प्रबन्धक अनु श्रेष्ठले बालमैत्री धारा विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

यस प्रकारको सहयोगले विद्यालयमा रहेका बालबालिकाहरुलाई स्वस्थ पिउने पानी उपलब्ध हुनुका साथै उनीहरुको सरसफाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित