बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

आइएमई जनरल इन्स्योरेन्स र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच छुट सम्बन्धी

दैनिक नेपाल २०७९ असार १६ गते १६:३८

काठमाडौँ, १६ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहक महानुभावहरुलाई काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगंज, काठमाडौँमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्तहुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहक महानुभावहरुले आवश्यकताअनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहक महानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

प्रतिक्रिया
सम्बन्धित