१ कार्तिक २०८३, आइतबार

गरिमा विकास बैंकद्वारा ट्राफिक प्रहरी वृतलाई जनचेतनामूलक सामाग्री हस्तान्तरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । गरिमा विकास बैंकले सदैव संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवामूलक कार्यहरु गर्दै आइरहेको छ ।

यसैलाई नै निरन्तरता प्रदान गर्दै यस विकास बैंकले आफ्नो न्यूरोड शाखाको समन्वयमा बिहिबार दिन ट्राफिक प्रहरी वृत जनसेवा न्यूरोड, काठमाडौँलाई ट्राफिक जनचेतनामूलक सामाग्री हस्तान्तरण गरेको छ ।

बढ्दो ट्राफिक समस्या तथा यसबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न यसप्रकारका ट्राफिक जनचेतनामूलक सामाग्री अति नै उपयोगी हुने विश्वास यस बैंकले राखेको छ ।

हाल, बैंकले १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।