१ कार्तिक २०८३, आइतबार

एक करोड २० लाख जरिवानासहित २ वर्ष कैद सजाय तोकिएका फरार आरोपित पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । ठगी मुद्दामा एक करोड २० लाख र २ वर्ष सजाय तोकिएका फरार आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ जिल्ला अदालतमा २०७७ माघ २५ गते नाम्गेल दोर्जे लामाविरुद्ध एक करोड २० लाखको चेक वाउन्स गरेको आरोपमा राजु गिरीले निवेदन दिएका थिए ।

अदालतले २०७९ असार १० गते २ वर्ष कैद सजायसहित जरिवाना तोकेको थियो । अदालतको फैसलापछि फरार लामालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले वुधबार बालुवाटारबाट पक्राउ गरेको हो ।

काभ्रे स्थायी घर भएका ४९ वर्षीय लामा ललितपुरमा बस्दै आएका थिए ।

अदालतको फैसला कार्यान्वयनका लागि लामालाई जिल्ला अदालतल काठमाडौँ पठाइएको ब्यूरोले जनाएको छ ।