बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

शेयर बजारमा उछाल, एकै दिन ७४ अंकले बढ्यो नेप्से

दैनिक नेपाल २०७९ असार १६ गते १५:११

काठमाडौँ, १६ असार । शेयर बजारमा उछाल आएको छ ।

वुधबार ४१ अंकले उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार एकै दिन ७४ अंकले बढेको छ ।

बिहीबार ७४.९३ अंकले बढ्दै नेप्से २०३७.६४ अंकमा पुगेको हो ।

आज सबै कम्पनीमा हरियाली छाएको छ ।

आजको दिनमा विभिन्न कम्पनीका करिब ७३ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित