बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

फेरि फुट्यो जसपा, बाबुराम र उपेन्द्र छुट्टिने सहमति !

दैनिक नेपाल २०७९ असार १६ गते १४:५१

काठमाडौँ, १६ असार । जनता समाजवादी पार्टी फेरि फुट्ने भएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका संयोजक डा. बाबुराम भट्टराई सहमतिमै अलिग्गने भएका हुन् ।

उनीहरुबीच सहज तवरले अलग हुने सहमति भएको बताइएको छ ।

भट्टराईसँगै जसपाका केही नेताहरु जानेछन् ।

अध्यक्ष यादवले भट्टराई पक्षलाई कारवाही गरेपछि विवाद चर्किएको थियो । यससँगै अब छुट्टिने सहमति भएको हो ।

जसपाबाट यसअघि महन्थ ठाकुर पनि अलग भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित