१ कार्तिक २०८३, आइतबार

११ लाखको सुनका गहना चोरी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

भक्तपुर, १६ असार । मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर डेरा गरी बस्ने पाँचथर थाङवरक गाउँपालिका–४ घर भएका ३५ वर्षीय ज्ञान बहादुर दाहालको कोठाबाट करिब ११ लाख रुपैयाँ बराबरको विभिन्न सुनका गहना बुधबार राति चोरी भएको छ ।

उनको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडी दराजबाट सुनका विभिन्न गहना चोरी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।