बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

जंगली च्याउ खाँदा ६ जना सिकिस्त, आईसीयुमा उपचार हुँदै

दैनिक नेपाल २०७९ असार १६ गते १३:१०

काठमाडौँ, १६ असार । बुटवलमा जंगली च्याउ खाँदा एकै परिवारका ६ जना सिकिस्त बिरामी भएका छन् ।

बुटवल उपमहानगरपालिका– १२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक सिकिस्त भएका हुन् ।

प्रहरीले उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयूमा उपचार भइरहेको जनाएको छ ।

वुधबार जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् । बेहोस अवस्थामा उनीहरुको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित