शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

एसपीपीका सम्पूर्ण चिठी संसदमा पठाइदिनुस्, जोजो संलग्न छन् देखिन्छ निः सुवास नेम्वाङ

दैनिक नेपाल २०७९ असार १६ गते १२:५८

काठमाडौँ, १६ असार । नेकपा (एमाले) संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सरकारलाई अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लेखिएका सबै पत्र संसदमा पेश गर्न आग्रह गरेका छन् ।

केपी शर्मा ओली प्रधानमन्त्री भएको १५ दिनपछि नेपाली सेनाका प्रधानसेनापतिले २०१५ मा अमेरिकी दूतावासलाई पत्र लेखेको उल्लेख गर्दै यसको वैधानिकतामाथि प्रश्न उठेको नेम्वाङको भनाइ छ ।

बिहीबार संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वसभामुख समेत रहेका नेम्वाङले यो संवेदनशील विषयलाई यत्तिकै छोड्न नहुने जिकिर गरे । उनले अघि भने, ‘सम्पूर्ण चिठीहरु रक्षा मन्त्रालयमा छ । मेरो आग्रह छ, सबै चिठी खारकखुरुक संसदमा प्रस्तुत गरिदिनुस् न प्रधानमन्त्रीज्यू । जोजो संलग्न छन्, देखिन्छ नि ।’

प्रतिक्रिया
सम्बन्धित