शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अविरल वर्षाका कारण धनगढी डुबानमा

दैनिक नेपाल २०७९ असार १६ गते १२:४४

काठमाडौँ, १६ असार । अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका डुबानमा परेको छ ।

दुई दिनदेखिको वर्षाले उपमहानगरपालिकाको वडानम्बर १,२,३,५ लगायतका क्षेत्र जलमग्न भएका हुन् ।

धनगढीमा पानीको निकास नहुँदा वर्षेनि सामान्य वर्षामा पनि डुबान हुने समस्याबाट स्थानीयबासी पीडित भएको गुनासो छ ।

मंगलबारदेखि परेको वर्षा बिहीबारसम्म पनि रोकिएको छैन । निरन्तर वर्षाले अन्य क्षेत्र पनि जलमग्न हुने चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित