
काठमाडौँ, १६ असार । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले र चाँदीको ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ छ ।
यसैगरी, चाँदीको मूल्य आज १ हजार २३५ रुपैयाँ छ । चाँदीको मूल्य हिजो बुधबार पनि घटेको थियो ।















प्रतिक्रिया