बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

कर्णालीमा चलचित्र कार्यशाला

दैनिक नेपाल २०७९ असार १६ गते ९:०२

सुर्खेत । कर्णालीका २० जना नव सिनेकर्मीहरु यतीबेला सुर्खेतमा फिल्म सिक्न व्यस्त छन् ।

कर्णाली प्रदेशमा पहिलो पटक केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपको आयोजना सुरु भएको ‘कर्णाली चलचित्र कार्यशाला–२०७९’ मा उनीहरु सिनेमा सिक्न व्यस्त भएका हुन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘एक्सन कट’ भन्दै निर्देशन गरेर यो कार्यशालाको उद्घाटन गरे । उनले कार्यक्रममा भने, ‘कर्णालीलाई हेर्ने नजर अब परिवर्तन गरौं । किनकी कर्णाली हरेक दृष्टीकोणले धनी छ ।’ यो कार्यशालामा सहभागी भएकाहरुले सिनेमा सिकेर कर्णालीको जन जीवन र यहाँको संस्कृतिलाई सिनेमामा उतार्ने विश्वास मुख्यमन्त्री शाहीले सो कार्यक्रममा व्यक्त गरे ।

यो कार्यशालामा कर्णालीबासीले उत्साहका साथ चलचित्र सिकिरहेको कार्यशालाको स्थानीय सँयोजन हरि बिष्टले बताएका छन् । उनीहरु फिल्ममा आउने बिष्टको विश्वास छ ।

१४ असारबाट सुरु भएको यो कार्यशाला १९ असारसम्म एक साता चल्ने छ । कार्यशालामा यतीबेला चलचित्र निर्माण अन्तर्गत अभिनय, छायाँकन, सम्पादन, चलचित्र लेखन, निर्माण र चलचित्र निर्देशन सम्बन्धि सम्बन्धि प्रशिक्षण चलिरहेको छ ।

जस अन्तर्गत कार्यशालामा अभिनेता भोलाराज सापकोटाले अभिनय, बिष्णु कल्पितले छायाँकन, प्रितम पाण्डेले सम्पादन, शिवम अधिकारीले चलचित्र लेखन र डब्बु क्षत्रीले फिल्म प्रोडक्सन तथा निर्देशनको प्रशिक्षण दिईरहेका छन् । यस्तै अग्रज चलचित्र निर्देशक तथा अभिनेता नीर शाहले यो कार्यशालामा आफ्नो अनुभव आदन प्रदान सहितको मास्टर क्लास लिने यस कार्यक्रमका संयोजक राजु केसीले बताएका छन् ।

चलचित्र विकाश बोर्ड, नेपाल टेलिकम, दुरसँचार प्राधिकरण, कर्णाली प्रदेशको सामाजिक विकाश मन्त्रालय, दुल्लु साँस्कृतिक संग्रहालय दैलेख, सुर्खेत नगरपालिकालगायतको सहकार्यमा यो कार्यशाला भईरहेको पनि केसीले जानकारी गराएका छन् । कार्यशालामा कर्णाली प्रदेशका विभिन्न जिल्लाका प्रशिक्षार्थीहरु सहभागी भएको आयोजक संस्था केबी इन्टरटेनमेन्ट एन्ड ग्रुपका अध्यक्ष भूपेन्द्र कुमार खड्काले बताए ।

प्रतिक्रिया
सम्बन्धित