१ कार्तिक २०८३, आइतबार

ठाउँ ठाउँमा डुवान, यसरी गरियो उद्दार तस्वीरसहित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असार । अविरल परेको वर्षाका कारण विभिन्न स्थानका नदीनालामा पानीको बहाव बढेर डुबान भएको छ ।

यसै क्रममा झापाको गौरीगंज गाउँपालिका ४ स्थित बेलगाछीमा अविरल वर्षाको कारण किस्ने खोलामा पानीको बहाव बढ्न गई डुवानमा परेका २२ घरपरिवारका ४० जना व्यक्तिहरुलाई मंगलबार सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

डुबानको सूचना पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल बिओपी गौरीगंजबाट सशस्त्र प्रहरी सहायक निरीक्षक लालबहादुर खत्रीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा सारेकोे हो ।

यसैगरी सुनसरी जिल्लाको बर्जु गाउँपालिका ५ स्थित पण्डित र गुरुङ्ग टोलमा वर्षाको कारण डुवानमा परेका १४ घरपरिवारलाई पनि वुधबार सुरक्षित स्थानमा सारिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी साहेवगंजबाट सशस्त्र प्रहरी निरीक्षक मनोज विष्टको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले पण्डित टोलका ६ घरपरिवारलाई रामजानकी प्राथमिक विद्यालय र गुरुङ्ग टोलका ८ घरपरिवारलाई मुसहरहरुको लागि बनाईएको आवास भवनमा स्थानान्तरण गरेको हो ।

त्यसैगरी कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका १ बयल बन्दमा अविरल वर्षाको कारण महाकाली नदिमा पानीको बहाव बढ्न गई उक्त नदिको किनारामा पुननिर्माण भईरहेको तटबन्ध कटान गरेको हुँदा सो स्थानमा सशस्त्र प्रहरी बल नेपाल बिओपी बयलबन्धबाट सशस्त्र प्रहरी नायव निरीक्षक तेज सिंह विष्टको कमाण्डमा खटिएको टोलीले उक्त तटबन्ध निर्माण गरेको छ ।