शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

दाङ तुलसीपुरमा विद्यार्थीले धान रोपेर मनाए धान दिवस

दैनिक नेपाल २०७९ असार १५ गते २०:२५

दाङ, १५ असार । तुलसीपुरको हाम्रो पहुँच माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले धान रोपेर धान दिवस मनाएका छन् ।

विद्यार्थीलाई किताबी ज्ञानमात्र नभएर व्यवहारिक ज्ञानमा जोड दिनका लागि खेतमै लगेर सिकाई गरेको विद्यालयले जनाएको छ । विद्यालयले विद्यार्थीलाई तुलसीपुर ६ गाईडहरमा लगेर धान दिवस मनाएको हो । विद्यार्थीले पनि रमाएर किसानको खेतमा धान रोपेर धान दिवस मनाएका हुन् ।

हाम्रो पहुँच माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर बाहिरी ज्ञान प्रदान गर्न धान रोपाईमा संलग्न गराएको बताए । उनले आफ्ना विद्यार्थीलाई कृषि सम्बन्धि ज्ञान प्रदान गर्न तथा विद्यार्थीले सिकेका सिपलाई व्यवहारमा लागु गर्न कार्यक्रम गरिएको बताए ।

कक्षा १० का विद्यार्थी प्राप्ती भट्टराईले आफुले आफ्नो घरमा धान रोपाई गर्दै आएको भएपनि साथीहरुसँग सामुहिक रुपमा धान रोप्दा आफुलाई बेग्लै रमाईलो भएको भन्दै खुसी व्यक्त गरिन् ।

त्यस्तै कार्यक्रममा किसान राम बहादुर चौधरीले आफ्नो परम्परालाई निरन्तरता दिएको भन्दै विद्यार्थी र शिक्षक प्रति आभार ब्यक्त गरे । विद्यालयका सहायक प्रधानाध्यापक पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शिक्षक मिनराज भण्डारीले गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित