बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

चिकित्सक कुटेको आरोपमा ट्राफिक प्रहरी कारवाहीमा

दैनिक नेपाल २०७९ असार १५ गते १९:५७

काठमाडौँ, १५ असार । ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट गरेको आरोपमा एक जना ट्राफिक प्रहरी जवान निलम्बित भएका छन् ।

प्रतिष्ठानका चिकित्सक डा. कुलबहादुर घिसिङलाई सोमबार साँझ कुटेको आरोपमा प्रहरी जवान राजेन्द्र थापालाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

त्यस्तै, घटना बाहिर आएसँगै प्रहरीले एकान्तकुनामा त्यसदिन चेकिङमा बसेका सबैलाई बग्गिखाना फिर्ता बोलाएको थियो ।

यद्यपि अन्यलाई कारवाही हुने नहुने टुंगो नभएको बताइएको छ ।

डा. घिसिङका तर्फबाट छानबिनको माग गर्दै निवदेन परेको छ ।

सोमबार राति पौने ९ बजे ड्यटी सकेर पैदल हिँड्दै कुसुन्तीस्थित घर फर्किरहेका डा. घिसिङमाथि एकान्तकुनस्थित चेक पोइन्ट नजिकै पुगेपछि थापाले कुटपिट गरेको बताइएको छ ।

यद्यपि प्रहरी जवानले भने डा. कुम जोडाउँदै हिँडेको अनि भिडियो खिच्न थालेपछि मोबाइल खोस्दा नाकमा लागेको दावी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित